संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भुमिका अविष्मरणीयः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।
सोमवार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुग्नुभएका सभामुख घिमिरेले स्व.ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभएको हो । उहाँले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व. ढुंगानालाई आफूले लिएको बताउनु भयो । उहाँले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने एउटा व्यक्ति हो ।
उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद सञ्चालन र संसदको भुमिकाको बारेमा सिक्नुपर्ने एउटा अभिभावकको रुपमा सम्झिन्छु । उहाँ अरुलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने एउटा राम्रो उदाहरण पनि हो । उहाँको मूल्य, मान्यता भनेको संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा हुनुहुन्थ्यो । आकस्मिक रुपमा यो घटना सुन्दा म धेरै प्रभावित भएको छु । स्व. ढुंगानालाई संसद सञ्चालन र संसदको भुमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताउनु भयो ।






