पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा कांग्रेसले भाेलि केन्द्रीय कार्यालय नखोल्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाप्रति शोक प्रश्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलबार पार्टीको केन्दीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले उनको निधन भएको १३ औँ पुण्यतिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको जनाइएको छ । कांग्रेसद्वारा जारी शोक प्रश्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।
पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गरेका थिए।






