sevenstartv.com १६ असार २०८३, मङ्गलवार

माओवादी केन्द्रकाे पदाधिकारी बैठक स्थगित

३ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो ।

अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको जनाइएको छ  । दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायतमा छलफल गर्ने एजेण्डा छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्