sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

असोज ५ गतेदेखि सर्वोत्तम सिमेन्टका संस्थागत लगानीकर्ताले कारोबार गर्न पाउने

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडका संस्थागत लगानीकर्ताले आगामी असोज ५ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएका छन् । कम्पनीले आज एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरिएको २४ लाख कित्ता सेयरको लक-ईन अवधि असोज ५ गते समाप्त हुने जनाएको हो ।

पहिलोपटक बुक विल्डिङ्ग प्रणालीमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । 

सोमध्येको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बिक्रीगरेको थियो । बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा २५(ग) बमोजिम सेयर निष्काशन गरेको कम्पनीले उक्त सेयर खरिद बिक्री गर्न पाउने लक-ईन अवधि तोकेको थियो । सोही संस्थागत सेयरको लक-ईन अवधि सकिएको हो ।

 सार्वजनिक निष्काशनको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्टयाई बाँडफाँड समेत गरेको थियो । 
 

यो पनि पढ्नुहोस्