sevenstartv.com १६ असार २०८३, मङ्गलवार

मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तह निर्वाचन लड्ने भएको छ ।

२०७९ को निर्वाचन हुनुअघि ६ महिनाअघि खुलेको यस दलले संघीय संसदमा २१ सीट जितेको थियो । त्यसबेला प्रदेशमा उम्मेदवारी नदिएको रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचन लड्ने भएको हो ।  

ग्रामथान गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ । त्यहाँ रास्वपाका कार्यकर्ताहरू र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विश्वासले मनोनयन दर्ता गराइसकेका छन् ।

विश्वासको मनोनयन दर्ता गराउने क्रममा रास्वपाकी कान्छी सांसद् निशा डाँगी पनि पुगेकी थिइन् । उनी झापाको भद्रपुर नरपालिका निवासी समानुपातिक सांसद् हुन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्