कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँको उम्मेदवारी दर्ता
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
आज उम्मेदवारी दर्ता गर्दै बानियाँले दलीय उम्मेदवारले चुनाव जित्दा बेथिति र निराशा बढाएको भन्दै आफूले उक्त बेथिति र निराशा चिर्न उम्मेदवारी दिएको दाबी गरेका हुन् ।
यसअघि कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति०)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका थिए ।






