स्टार स्पोर्टस्बाट एनपिएलको प्रत्यक्ष प्रशारण
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको प्रत्यक्ष प्रशारण चर्चित स्पोटर च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोड कास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहने घोषणा गरेको हो ।
क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तर्राष्ट्रिय च्यानल आवश्यक रहेको र सोही अनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको जनाएका छन् ।
साथै सो अवसरमा क्यानले एनपिएलको टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा गरेको छ । क्यानका सचिव पारस खड्काले एनपिएल र बैंकबीच पाँच वर्षको सहकार्य हुने जानकारी दिए ।

.gif)