समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताएका हुन् ।
उनले संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए । उनले विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताएका छन् । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।






