sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेले पत्रकार सम्मेलन गर्दै

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । मङ्सिर ७ गते काठमाडौंको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको हो । 

मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले मङ्सिर ७ गते एमालेले जागरण सभा गर्दै छ । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको आयोजनामा एमालेले जागरण सभा गर्न लागेको हो ।  जागरण सभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टीपंक्ती परिचालन गर्ने तयारी गरेको छ । सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तयारी छ । 

जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्