sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओलीले बाेलाए राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । 

 प्रधानमन्त्रीको अध्यक्षतामा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुनेछन् । बैठकमा देशको समग्र विकास निर्माणको प्रगति र आगामी कार्ययोजना निर्माणबारे छलफल हुने जनाइएको छ । 

योजना आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइँटेलका अनुसार बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुने छ । यसअघि ७ महिनाअघि १५ चैतमा समिति ५२औँ बैठकको बसेको थियो। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्