सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य एक लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार १ लाख ४७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भएको छ ।

.gif)