sevenstartv.com १६ असार २०८३, मङ्गलवार

स्थानीय तहको उपनिर्वाचन : रास्वपाले १७ ठाउँमा तोक्यो उम्मेदवार

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ ।

रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरिएको छ ।


दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रास्वपाले गोमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा थापालाई उम्मेदवार बनाइएको छ ।

काठमाडौ महानगरपालिका १६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ । आकांक्षी उम्मेदवारसँग छलफल, पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवारहरु तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजना समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्