sevenstartv.com १६ असार २०८३, मङ्गलवार

गण्डकी सांसद गौचनको  हृदयघातका कारण निधन

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

पोखरा ।  गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ ।  हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

 

डेंगु संक्रम भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।

 

उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्