'उद्योगीले १५ दिनभित्र महसुल नतिरे फेरि लाइन काट्छौँ'
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताएका हुन् ।
‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ ।’ घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौँ। उहाँहरूले पनि बुझाउनुपर्नेछ। १५ दिनभित्र पनि बक्यौता तिर्न नआए हामी फेरि आफ्नो प्रक्रियामा जान्छौं ।’
उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नुपर्ने बताएका छन् ।

.gif)