sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपाल एसबिआई बैंक लिमिटेड र एईसीसीबीच सम्झौता

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल एसबिआई बैंक लि.र एईसी ग्लोबल नेपाल प्रा.लि (एईसीसी) बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र  एईसीसीका तर्फबाट निर्देशक अजित सिंहबिच आदान प्रदान भएको हो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्