माओवादीकाे विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।
विराटनगरमा सोमबार साँझ पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने बताएका हुन् ।
अमेरिकी स्टेट सपोर्ट प्रोग्राम एसपिपीमा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको बताएका छन् ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताए ।






