sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक २२.१४ अंकले बढ्याे

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । 

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

 माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३।२ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.०४, लगानी १।२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्