sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप(२९०मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज यहाँ आइपुगेका हुन् । 

उनलाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभलगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गरे । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताइएको छ । 

मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए । उनले अजरवैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुकेको जानकारी दिएका थिए । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, राष्ट्रपतिका विज्ञरसल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ ।  भ्रमण दलका सदस्य वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु आइपुगिसकेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्