sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता छैन'

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा माओवादी केन्द्रकी सांसद् दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन् । जवाफ दिँदै उनले भने, ‘एक जना रथी नेपाल भ्रमणमा आउनुभएको छ । अन्य दलबलसहित आउनुभएको होइन । यसमा यति भने पुग्छ भन्ने लाग्छ ।’

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्