sevenstartv.com १६ असार २०८३, मङ्गलवार

देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री ओली

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका हुन् । 

सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३ औँ दीक्षान्त समारोहमा सरिक हुने क्रममा आज यहाँ गएका हुन् । प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति हुन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्