sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सानिमा बैंकले 'दराज ११.११'योजनाका लागि गर्यो सहकार्य

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ  । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने जनाइएको छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो योजना आजदेखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्