sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमाले जग्गा विवाद : न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न दायर भएको रिट निवेदनमाथि दोहोरो सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो । 

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश निरन्तरता दिने कि नदिने विषयमा छलफलका लागि आज पेसी तोकिएको थियो । उक्त मुद्दा र नम्बरमा पेसी भएकाले पालो आउन मुस्किल रहेको छ । 

न्यायाधीश पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर आइतबार मात्रै नियुक्त भएका हुन् । यसअघि कात्तिक १२ गते न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

सर्वोच्चले दुवै पक्षलाई छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै सत्ताको नेतृत्व गरिरहेको एमालेलाई झट्का लागेको छ । विवादित व्यक्तिको जग्गा दानमा लिएको भनी आलोचना भइरहेको र भ्रष्टाचारविरुद्ध काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले समेत प्रश्न उठाएको अवस्थामा सर्वोच्चले यस्तो आदेश गरेको हो । 

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी गरेको हो  । अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेका थिए । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण तत्काल अघि नबढाउन भनेको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्