राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे बस्ने छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।






