sevenstartv.com १६ असार २०८३, मङ्गलवार

लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पैसा असुलेर युवाहरूलाई जापान पुर्या‍उने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

पूर्वमन्त्री अधिकारीलाई आज पक्राउ गरेर विराटनगरबाट आजै काठमाडौं ल्याइएको थियो । ल्याएर अदालत पेस गरिएका उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जनाइएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्