sevenstartv.com २० मंसिर २०८२, शनिवार

राजीनामा दिने तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारी

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् ।

विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री सोडारीले संसद चल्ने अवस्था नभएपछि सोझै पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका हुन् । कांग्रेस र एमाले स्रोतका  मुख्यमन्त्री सोडारी विश्वासको मतका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने भएका छन् ।

४ बजे बोलाइएको संसद बैठकमा घण्टी बजे पनि कांग्रेस र एमालेका कुनै पनि सांसद भित्र पसेका छैनन् । सभामुख भीमबहादुर भण्डारीले १४ जना प्रदेशसभा सदस्य सहभागी भए बैठक बस्ने बताए । तर १४ जना नपुगेको अवस्थामा नबस्ने उनको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्