निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज
उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरे ।
यसअघि शुक्रबार सर्वोच्च अदालतका दुवैजनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्म अनुमोदन गरेको थियो । दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसद्हरूलाई सुनाएपछि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएको थियो ।






