sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरीको नियन्त्रणमा

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा एमालेले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर प्रहरीमा उपस्थित गराइँदैछ । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन गरिएको शनिबार बताएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्