सभापति देउवा सुदूरपश्चिम प्रदेश जादैँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश जाने भएका छन् । सभापति देउवा गृह जिल्ला डडेलधुरामा हुने कार्यक्रमका लागि आज बिहान १०ः४५ बजे काठमाडौंबाट धनगढी जाने भएका हुन् ।
उनको स्वागतको लागि कैलाली कांग्रेस र प्रदेश समितिले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, पालिका कार्य समिति, वडा कार्यसमिति तथा भातृ एवं शुभेच्छुक संघसस्थाका सम्पूर्ण कार्य समिति तथा नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई बिहान १०ः४५ बजे उनको स्वागतार्थ धनगढी विमान स्थलमा उपस्थित हुन निर्देशनात्मक पत्राचार गरेको हो ।
कांग्रेस कैलाली सचिव नृप सुनारले सभापति देउवाको एक हप्तासम्म डडेलधुरामा रहने कार्यक्रम रहेको जानकारी दिए ।






