sevenstartv.com १६ असार २०८३, मङ्गलवार

माओवादी केन्द्रले बोलायाे पदाधिकारी बैठक

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ । 

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्