sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ आज

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुने भएको छ । 

सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ । यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो ।

प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् । समिति सभापति ईश्वरी न्यौपाने भने लामो समयदेखि विदेशमा रहेकी छन् । आजको बैठकमा पनि जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्