रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाएको हो ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।








