कांग्रेसको ‘युवा संकल्प यात्रा’ आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ झापाको काँकडभिट्टाबाट आजबाट सुरू हुँदैछ । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने बताएका छन् ।
यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ ।




