sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नेकपा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा. सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।  आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए । 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्