sevenstartv.com १६ असार २०८३, मङ्गलवार

स्थानीय तहको निर्वाचनमा भाग लिँदै रास्वपा, आज उम्मेदवारी आह्वान

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ । केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको थियो । त्यसैका लागि अहिले प्राविधिक तयारीका लागि समितिको बैठक बसिरहेको बताइएको छ । 

इच्छुक पार्टी सदस्यहरुले आकांक्षा राखेपछि निर्वाचन परिचालन समितिबाट सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको तयारी गरिने र सहमति हुन नसकेका स्थानमा प्राइमरी इलेक्सन पनि हुने जनाइएको छ । रास्वपाले प्रदेश निर्वाचन परिचालन समिति गठन गर्दा उपनिर्वाचन हुने जिल्ला, पालिका र वडा तहका सदस्य पनि समावेश गर्ने तयारी गरेको छ । 

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्