sevenstartv.com १६ असार २०८३, मङ्गलवार

चीन जाँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, मन्त्रिपरिषद् बैठकले गर्‍यो स्वीकृत

२० कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका  छन् । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । 

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेका हुन् । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न ९नोभेम्बर ११ देखी १३० कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । 

सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा जान लागेका हुन् ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बिच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता  हुने जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्