प्रधानमन्त्री ओलीलाई देउवाकाे सुझाव : आलोचनाबाट नडराउनुस्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य पार्टीले गरेको आलोचनाबाट नडराउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन् । आलोचनालाई पनि गम्भीरताका साथ तथ्यपरक भएर सरकारले ध्यान दिन प्रधानमन्त्री केपी ओलीलाई उनले सुझाव पनि दिए ।
सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताएका छन् । गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत उनको भनाई छ ।






