sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

तिहार बिदामा निगमका डिपोहरु आलोपालो खुल्ने

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको हो ।

बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।

निगमले यो अवधिमा डिपोबाट हुने बिक्रीवितरणसम्बन्धी जानकारी लिएर सम्बन्धित डिपोमा जान आग्रह समेत गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्