नेप्से परिसूचक ६.७० अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ । बुधबार १०८ अंकमाथिले बढेको सूचक आज ०.२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।
आज कारोबारमा समेत सुधार आउँदै २० अर्ब ७ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १०८ अंकमाथिले नेप्से सूचक बढेको बुधबार १७ अर्ब ५९ करोडको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै शिभम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँ बराबरको र हिमालय रिइन्स्योरेन्सको १ अर्ब ७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । तथापि जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्दा बिहीबार १५९ कम्पनीको मूल्य घट्न पुगेछ ।
४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।

.gif)