नेप्से परिसूचक ४६.६९ अंकले बढ्याे
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ४६.६९ अंकले बढेको छ । नेप्से २६९२ बिन्दुमा उक्लिएको छ । सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।
आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।

.gif)