sevenstartv.com १७ असार २०८३, बुधवार

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषदको बैठक

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।  बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ । गत २४ असोजमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता रहेका भनिएका ४९ वटा उद्योगलाई बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको थियो । त्यसको म्याद ८ कात्तिकमा सकिएपछि प्राधिकरणले लाइन काट्न सुरू गरेको थियो ।

यस विषयमा छलफल गर्न भनेर ८ कात्तिकमा बसेको प्राधिकरणको सञ्चालक समिति बैठकमा समिति अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाइन नकाट्न निर्देशन दिएका थिए । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसोभए लाइन नकाट्ने भनेर मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने बताएका थिए ।