sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक २७.४१ अंकले बढ्याे

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २७.४१ अंकले बढेका छ । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ । 

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ । 

आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।  आज कुल २१३ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्