अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस् भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले पनि अख्तियार एन संशोधन विधेयक पास गर्नमा ढिलो भएको बताए । अख्तियार प्रमुख राईले भने, ‘२०७६ सालमै आएको विधेयक हो यो । अब धेरै नै ढिलो भइसकेको छ । शीघ्र पारित गरिदिनुहुन अनुरोध गर्दछु ।’






