sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।  दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जनाएको हो । 

सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । 

‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ आज बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले बताए ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्