sevenstartv.com १६ असार २०८३, मङ्गलवार

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । न्याय परिषद्ले  उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि  परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।


जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्