sevenstartv.com १६ असार २०८३, मङ्गलवार

लोकतन्त्रलाई अराजकताको रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुन्छ : गृहमन्त्री लेखक

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुने बताएका छन् ।

आज काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझनु पर्ने बताएका हुन् । 
उनले डेमोक्रेसीको ‘डि’सँगै अरू दुईवटा ‘डि’ को आवश्यक हुने बताए । लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताएका छन् । 

उनले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताए । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताए । 

उनले भने, ‘डेमोक्रेसीको डिसँग अरु दुई वटा डि जरुरी हुन्छ । डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ । लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ । र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युशन) वितरणको डि हो । वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो ।'

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्