साफ वुमन्स च्याम्पियनसिप सेमिफाइनल आज : नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुने भएको छ । बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनमा साँझ साढे ६ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

.gif)