sevenstartv.com १६ असार २०८३, मङ्गलवार

काठमाडौं महानगरपालिकाले चलायाे भाटभटेनी सुपरमार्केटमा डोजर

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ ।

नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै आज डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।

यसअघि नै महानगरले सो संरचना हटाउन सूचना जारी गर्दा आफैँ हटाउने भनेर नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको जनाइएको छ ।  भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी रहेको बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्