राजेन्द्र महतोले नयाँ पार्टी दर्ता गराउँदै
काठमाडौं । राजेन्द्र महतोले आज पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएका छन् । महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीलाई निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि उनले राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएका हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको नामबाट दर्ता हुने सो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुने बताइएको छ । हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने जनाइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।
महतो यसअघि नेपाल सद्भावना पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा सदभावना पार्टी गठन गरेका थिए । राजपा, जसपा, लोसपा हुँदै अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति नेपाल पार्टी दर्ता गराउन लागेका छन् । .






