आन्दोलनबारे अनौपचारिक छलफलमा रास्वपा नेताहरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आज पनि थप आन्दोलन गर्ने भएको छ । रास्वपाले आज काठमाडौंको माइतीघर र कास्कीको पोखरामा आन्दोलन गर्ने भएको हो ।
सहकारी ठगी र संगठित अपराधमा गत शुक्रबार सभापति लामिछाने पक्राउ परेदेखि रास्वपा निरन्तर आन्दोलनमा छ । अहिले नेताहरू आन्दोलनको स्वरूप कस्तो गर्ने भन्ने विषयमा छलफलमा रहेको जनाइएको छ । पोखरा र काठमाडौंमा कस्तो किसिमको आन्दोलन गर्ने भनेर जुम मिटिङ पनि भइरहेको छ ।
काठमाडौंमा अहिले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका अन्य केन्द्रीय नेताहरू आन्दोलनमा खटिएका छन् । पोखरामा भने उपसभापति डीपी अर्याल, कोषाध्यक्ष, लिमा अधिकारी सह कोषाध्यक्ष दीपक बोहोरा, सांसदहरू विनीता कठायत, तोसिमा कार्की र सोभिता गौतम छन् ।
माइतीघरको आन्दोलनमा पार्टी कार्यालय चमतीबाट नै नेताहरू जुट्ने तयारी भइरहेको छ ।






