sevenstartv.com १६ असार २०८३, मङ्गलवार

काठमाडौंमा साहित्यिक विश्व सम्मेलन हुँदै

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएकाे छ । महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्तिक १० र ११ गते  साहित्यिक विश्व सम्मेलनको आयोजना हुने बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका विभिन्न देशका साहित्यिक व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ । सम्मेलनका क्रममा वर्षको उत्कृष्ट कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितीय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेस्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको बताइएको छ । 

नेपालसहित विभिन्न देशका ८ स्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्